वीरगन्ज, २९ भाद्र । वीरगञ्जमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय बाल दिवस मनाइएको छ ।
दिवसको यस वर्षको नारा बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने रहेको छ ।
सो अवसरमा वीरगञ्ज महानगरपालिकाले घण्टाघरमा ¥याली तथा सभाको आयोजना गरेको छ ।
कार्यक्रममा नगर प्रमुख राजेशमान सिंहले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि हरेक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेको बताएका छन् ।
यसैगरी वीरगञ्ज स्थित ज्ञान ज्योति उच्च माविले समेत विभिन्न कार्यक्रमको आयोजना गरी बाल दिवस मनाएको छ ।
त्यस्तै, पोखरिया नगरपालिकामा रहेको सामुदायिक विद्यालयहरूमा वक्तृत्वकलाको आयोजना गरिएको छ ।
६ वटा विद्यालयका छात्रछात्राहरूको उपस्थिति रहेको सो प्रतियोगिता पोखरिया नगरपालिकाकी उपप्रमुख रुवी कुमारी ठाकुरको सभापतित्वमा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया