चिनियाँ नेताले भेटे राष्ट्रपति

समाचार

काठमाडौं, २९ भाद्र । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा बुधबार भएको भेटमा राष्ट्रपति भण्डारीले चिनियाँ नेता लीको नेपाल भ्रमणप्रति खुसी व्यक्त गरेकी छन् ।

भेटमा अध्यक्ष लीले सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहँदा पाएको सद्भाव, आत्मीयता र सम्मानप्रति आभार व्यक्त गरे । उनले नेपाल, चीनको लामो समयदेखिकै असल छिमेकी रहेको बताए ।

राष्ट्रपति भण्डारी र अध्यक्ष ली बीच आपसी हित, मित्रता र सहकार्यलगायत नेपाल –चीन सम्बन्धको बहुआयामिक पक्षमा छलफल भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ