चीनको अघोषित नाकाबन्दीले जाने ज्यानको जिम्मेवार को ?

समाचार

काठमाडौं, ३० भाद्र । श्वेत बराह इन्टरप्राइजेजका मालिक सुदर्शन घिमिरेले न्युरोड क्षेत्रका व्यापारीहरू माझ राम्रो छवि बनाएका थिए । ६ सेप्टेम्बर २०२२मा उनले आत्महत्या गरे ।

यसैगरी चीन नेपाल बजारमा आयात निर्यात गर्ने व्यापारीको रूपमा चिनिएका सिन्धुपाल्चोकका हरेराम पौडेलले १३ अक्टोबर २०२०मा आत्महत्या गरेका थिए । नेपाल चीन नाका महिनौदेखि नखुलेपछि उनले सहन नसकिने घाटाको दबाबमा आत्महत्या गरे ।

कोरोनाभाइरस महामारी हुनु अघि उनीहरूको व्यापार राम्ररी नै चलेको थियो ।

यी उद्यमीहरू दोहोरो जालमा फसे । एकतर्फ नेपाल चीन सीमामा महिनौँ देखि सामान थन्किएर बस्यो अर्कोतर्फ ठुलो ऋणभारको दबाब बढ्यो । बैंकदेखि स्थानीय साहु महाजनले ऋणको ताकेता गरेपछि दोहोरो संकटमा थिए उनीहरू ।

चीन सीमानाकामा रोकिएर रहेका सामानहरू नेपाल छिर्न नसकेपछि ऋणको भार थेग्न नसकिने अवस्थामा पुगेको दबाबले उनीहरूलाई आत्महत्या गर्न बाध्य गरेको थियो ।

सन् २०१९को डिसेम्बरमा चीनमा कोरोनाभाइरस उत्पन्न भएपछि चीनबाट हुने नेपाली व्यापारमा असर परेको छ । नेपालले चीनसँग गर्नुपर्ने निर्णायक निर्णय नगर्दा सीमा नाका खुलेन् ।

बैठकहरू धेरै भए तर ठोस कार्यान्वयन अहिलेसम्म हुन सकेको छैन् । चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमण गत चैत्र महिना गरेका थिए । त्यस भ्रमणमा सीमा नाका खोलिने सहमति भएपनि अझ कार्यान्वयनमा आइसकेको छैन् ।

विदेशमन्त्री डा. नारायण खड्काले पनि गत अगस्टमा चीनको भ्रमण गरे । तर सीमानाका खुलाउने सहमति अझ कार्यान्वयन भएन् ।

यसैगरी अहिले चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिका अध्यक्ष लि चान्सु नेपालको औपचारिक भ्रमणमा रहेका छन् ।

नेपाल पक्षले चिनियाँ पक्षसँग तातोपानी र रसुवागढी सीमानाका खुलाउने विषयमा छलफल गरिरहेका छन् । दशैँतिहार मुखमा आइसकेकोले यो सीमानाका खुले सहज हुने अपेक्षासाथ नेपाली नेताहरूले चान्सुसँग कुरा गरिरहेका छन् ।

लीले पनि यसबारे विश्वास दिलाएका छन् । नेपाल चीन व्यापार घाटा कम गर्ने र सीमा नाका खुलाउने विषयमा लीले नेपाली पक्षलाई विश्वास दिलाएका छन् ।

चिनियाँ नेताहरूले धेरै पटक सीमा नाका खोल्ने भनी विश्वास दिलाउँदै आएकोमा त्यो कार्यान्वयनमा नदेखिएको हो । हेरौँ चान्सुको यो भ्रमणले नेपाललाई कत्तिको फाइदा हुनेछ ।

स्रोत : पर्दाफास डटकमको अँग्रेजी संस्करणमा प्रकाशित समाचारको अनुवादित अंश

https://english.pardafas.com/news/chinas-undeclared-trade-blockade-taking-nepalese-lives-who-is-responsible

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ