जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

समाचार

मोरङ, ३१ भाद्र । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी केराबारी गाउँपालिका–५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङको २०७२ चैत ३ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा १३ वर्ष कैद सजाय ठहर भई फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत मोरङको आदेशले फैसला कार्यान्वयनका लागि मोरङ कारागार कार्यालय चलान गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ