साइकलको ठक्करबाट बालिकाको मृत्यु

समाचार

रौतहट, ३१ भाद्र । राजदेबी नगरपालिका–५ हजमिनिया पताहीमा सोही नगरपालिका–४ गढैया बस्ने लखन साहको छोरा १० वर्षीय संतोष साहले चलाएको साइकलको ठक्करबाट सोही नगरपालिका–६ मासटोल बस्ने रामप्रवेश रामको छोरी १० वर्षीया अंजली कुमारी रामको मृत्यु भएको छ ।

बुधबार बिहान साइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको ए.एल.एस.न्यूरो अस्पताल पर्वानीपुर बारामा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।

हाल फरार साइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ