महोत्तरी, ३१ भाद्र । जिल्लाको मटिहानी नगरपालिकाको महिटहानी बजारको नवनिर्मित मुख्य प्रवेशद्वार उद्घाटन गरिएको छ ।
नगरपालिकाको २८ लाख रुपैयाँ लागतमा निर्मित प्रवेशद्वारको शुक्रबार नगरप्रमुख हरिप्रसाद मण्डलले उद्घाटन गरेका हुन् ।
बजारको गरिमा र सुन्दरता बढाउन मटिहानी नगरपालिकाले मुख्य प्रवेशद्वार निर्माण गरेको हो ।
नगरप्रमुख मण्डलले प्रवेशद्वारले बजारको ऐतिहासिक गरिमा बढाउन सहयोग पुग्ने धारणा व्यक्त गरेका छन् ।
वडाअध्यक्ष रितेश साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडाअध्यक्षहरु कलीम अंसारी, रयुफ शेष, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य विजय कुमार साह, महोत्तरी उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष मोहन गुप्ता, नागेश्वर गुप्ता, वर्तमान उपाध्यक्ष अजय चौधरी, सचिव रंजीत साह, राजकीय संस्कृत माविका प्रधानाध्यापक ईश्वरी पौडेल, उमाशंकर साहलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया