पेस्तोल र गोलीसहित एक युवक पक्राउ

समाचार

रूपन्देही, ३१ भाद्र । बुटवल उपमहानगरपालिका–९ इटाभट्टास्थित होटल नमोबुद्धबाट १ थान रिभल्वर पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ३ राउण्डसहित एक युवक पक्राउ परेका छन् ।

बाग्लुङ दगाटुन्डाडा घर भई हाल बुटवल उपमहानगरपालिका–८ सुख्खानगर बस्ने ३३ वर्षीय सन्तोस सलामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटलको १०४ नम्बरको कोठामा सन्तोस बिहीबार बेलुकीदेखि शंकास्पद अवस्थामा बसेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कोठा र उनको शरीर तलासी गर्दा उक्त पेस्तोल र गोली फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ