सर्लाहीमा पाँच किलो गाँजासहित दुई जना पक्राउ

समाचार

सर्लाही, ३१ भाद्र । लालबन्दी नगरपालिका–१ स्थित सडकबाट ५ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनुषा सबैला नगरपालिका–१२ बस्ने ४१ वर्षीय बिनोद महरा र ४२ वर्षीय राजाराम कापर रहेका छन् ।

प्र.२–०२–००५ प २२०६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ