लोसपाले संविधान दिवसलाई ‘विरोध दिवस’ को रुपमा मनाउने

समाचार

काठमाडौं, २ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संविधान दिवसलाई ‘विरोध दिवस’ को रुपमा मनाउने निर्णय गरेको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गरी संविधानमा पूर्ण रुपमा सहमति नरहेको भन्दै आफूहरुको माग समेटी संविधान संशोधन नभएसम्म विरोध रहिरहने उल्लेख गरेका छन् ।

लोसपाले संविधान दिवसलाई विरोध दिवसको रुपमा मनाउन पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई पालिका स्तरसम्म विरोधका विभिन्न कार्यक्रमहरु गर्न आग्रह गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ