काठमाडौं, २ असोज । जनता समाजवादी पार्टी नेपालले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको छ ।
पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची निर्धारित समयमै आयोगलाई बुझाइने जसपाका प्रवक्ता मनिष सुमनले जनाएका छन् ।
उनले पार्टीको कार्यकारिणी समिति र संसदीय बोर्डको बैठकले उम्मेदवारको बन्द सूचीलाई अन्तिम रूप दिएको र केही प्राविधिक काम सकेर आजै आयोगमा सूची बुझाइने बताए ।
प्रवक्ता सुमनले पार्टीका तर्फबाट प्रतिनिधिसभाकाका लागि एक सय १० जना र सातवटै प्रदेशको बन्द सूची आयोगमा पठाइने जानकारी दिए ।
तपाईको प्रतिक्रिया