लोकतान्त्रिक मधेशी फ्रन्टले मनायो कालो दिवस

समाचार

जनकपुरधाम, ३ असोज । लोकतान्त्रिक मधेशी फ्रन्टले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ ।

फ्रन्टले जनकपुरधाममा सोमबार ‘आशन ३ कालो दिन’ भन्दै विरोध जनाएको हो ।

तराई–मधेश लोकतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टीले गठन गरेको लोकतान्त्रिक मधेशी फ्रन्टको ब्यानरमा कालो दिवसको रुपमा मनाएको हो ।

‘मधेश आन्दोलनको क्रममा र २०७२ असोज ३ गते जबरजस्ती संविधान जारी गरिएपछि शासक समूहबाट मधेशी र थारुको गरिएको बर्बर दमन नेपालको इतिहासको कालो पाना हो ।’ फ्रन्टले भनेको छ ।

फ्रन्टले असोज ३ कालो दिन नै हो भन्दै फ्रन्टले शहीद र आन्दोलनकारीप्रति सम्मान व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ