वीरगन्ज, ३ असोज । संविधान दिवसको अवसरमा वीरगन्ज कारागारबाट महिला र पुरुष गरी ३८ जनाको बाँकी कैद मिनाहा गरी माफी पाएका छन् ।
माफी पाउनेहरुमा कर्तव्य ज्यान मुद्दाका महिला ५ जना, ज्यान मार्ने उद्योगका पुरुष ८ जना र महिला १ जना रहेका छन् ।
यसैगरी चोरी मुद्दाका २ जना, डाँका मुद्दाका १ जना, सवारी ज्यानका ३ जना, किर्ते २ जना, काठ चोरी १ जना र हातहतियार खरखजाना १ जनालाई बाँकी कैद मिनाहा गर्री माफी दिएको बीरगन्ज कारागार श्रोतले जनाएको छ ।
कर्तव्य ज्यान मुद्दामा सजाय भोगी रहेका ने.क.पा एमालेका पूर्व सांसद राम चन्द्र प्यासीलाई पनि बाँकी कैद मिनाहा गरी माफी दिएको छ ।
वीरगंज कारागारबाट माफी पाएका ३२ जना पुरुष र ६ जना महिलाहरुलाई कारागार प्रमुख मदन घिमिरेले अबिर माला लगाई विदाई गरेका थिए ।
वीरगंज कारागारमा महिला तथा पुरुष र आश्रित बालबालिकासहित १४ सय १२ जना कैदीबन्दीहरु रहेको कारागार प्रमुख मदन घिमिरेले जानकारी दिए
तपाईको प्रतिक्रिया