जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

समाचार

बाँके, ७ असोज । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी राप्तीसोनारी गाउँपालिका–२ बस्ने ३६ वर्षीय गम बहादुर खत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेको २०७५ जेठ २३ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा २ वर्ष ५ महिना ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदलात बाँकेमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ