अवैध लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सिरहा, ७ असोज । सिराहा नगरपालिका–१६ काली चोकबाट अवैध लागू औषध नाइट्राभेट १५ पिस, स्पास्मो ८ पिस र कोरेक्स जस्तो देखिने तरल पदार्थको ६ सय एमएलको १ थान डिब्बा सहित २ जनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उदयपुर त्रिवेणी गाउँपालिका–८ बस्ने सुरेश कुमार धमला र कटारी नगरपालिका–२ बस्ने ३६ वर्षीय ईश्वर खत्री रहेका छन् ।

ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले स.९ प ५१० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक सुरेश कुमार र मोटरसाइकलमा सवार ईश्वरलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ