विराटनगर, ९ असोज । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम प्रदेश नं. १ को मुख्यन्यायधिवक्ता पदमा परिवर्तन राईलाई नियुक्त गरेका छन् ।
मुख्यन्यायधिवक्ता परिवर्तन राईलाई नियुक्त गरी प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्यन्यायधीश सत्यमोहन जोशी थारूले पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।
पूर्वमुख्यन्यायधिवक्ता भोजराज श्रेष्ठले राजीनामा दिएपछि राईलाई नियुक्त गरिएको हो ।
सपथग्रहण समारोहमा मुख्यमन्त्री राजेन्द्रकुमार राई, प्रदेश सभामुख प्रदिप भण्डारी, सामाजिक विकासमन्त्री राजनकुमार राईको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया