गृहमन्त्रीद्वारा शिव मन्दिर धर्मशाला उद्घाटन

समाचार

रुपन्देही, ९ असोज । गृहमन्त्री बालकृष्ण खाणले जिल्लाको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित श्री शिव मन्दिर धर्मशालाको उद्घाटन गरेका छन् ।

गृहमन्त्री खाणले नेपाल बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय मुलुक भएकाले ठुलो सङ्ख्यामा रहेका हिन्दुले अन्य सम्प्रदायलाई पनि सम्मान गर्नुपर्ने बताएका हुन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री खाणले भने, “रुपन्देहीको विकासले रुपन्देहीको नागरिक तथा उद्योगी व्यवसायीलाई मात्र होइन, समग्र नेपालीलाई प्रतिफल दिन्छ, त्यसैले रुपन्देहीको विकासका लागि सम्पूर्ण शक्ति लगाउनुपर्छ ।”

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको र अन्य एयरलाइन्सलाई यहाँ ल्याउनका लागि प्रयत्न गरिरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ