दिनकरको जयन्ती तथा हिन्दी सप्ताह सम्पन्न

समाचार

काठमाडौं, ९ असोज । भारतका राष्ट्रकवि रामधारी सिंह ‘दिनकर’ को ११४औं जयन्ती तथा हिन्दी सप्ताह समापनको उपलक्ष्यम भारतीय दूतावासद्वारा दूतावासको स्वामी विवेकानंद सांस्कृतिक केंद्र सभागारमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा काठमाडौंका अनेक गणमान्य साहित्यकार, विद्वान, शिक्षक र छात्राहरुले प्रतिभागिता र भारतका सर्वश्रेष्ठ कविहरुबाट दिनकरजीको भावपूर्ण श्रद्धाञ्जली दिएका थिए ।

कार्यक्रमको मुख्य अतिथि वरिष्ठ साहित्यकार एवं प्रतिष्ठित कवि शैलेन्द्र साकार थिए । कार्यक्रममा भारतीय दूतावासका प्रेस, सूचना एवं संस्कृति प्रभागका प्रथम सचिव डा‘ साहिल कुमार तथा डा‘ असावारी बापट, निदेशक, स्वामी विवेकानंद सांस्कृतिक केंद्रको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमकने प्रारम्भमा दिनकरजीको जीवनमा आधारित एक वीडियो प्रस्तुति गरिएको थियो जसमा उनको व्यक्तित्व एवं कृतित्व माथि प्रकाश पारिएको थियो ।

केन्द्रीय विद्यालय एवं मोडर्न इंडियन स्कूल, काठमांडूका छात्राहरुले दिनकर जीको ओजपूर्ण कविताहरुको सुंदर प्रस्तुति दिएका थिए । साथै, भारतीय दूतावासका अधिकारहरुले पनि दिनकर जीका रचनाहरु सुनाएका थिए ।

भारतीय दूतावासद्वारा आयोजित हिंदी दिवस समारोह पछि अनेक साहित्यिक कार्यक्रमहरुको आयोजन गरिएको थियो । जसमा महाकवि विद्यापति माथि संगोष्ठी पनि शामिल रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ