मन्त्री यादवले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाए

समाचार

विराटनगर, ९ असोज । प्रदेश नं. १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर हटाएका छन् ।

पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारमा जनता समाजवादी पार्टी नेपालबाट मन्त्री बनेका यादवले राष्ट्रपतिको फोटो हटाएर प्रदेश प्रमुख र प्रधानमन्त्रीको फोटो हटाएर मुख्यमन्त्रीको फोटो कार्यकक्षमा झुण्ड्याएका हुन् ।

उनले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको फोटो हटाएर कार्यकर्ताको फोटो राखेको सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।

उनले फोटो राख्दै भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल–जिन्दावाद !, राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर माननीय प्रदेश प्रमुख पर्शुराम खापुङज्यु र माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईज्युको तस्बिर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो । पहिचानसहितको–संघीय अभिवादन !’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ