पर्सा, ११ असोज । वीरगंज महानगरपालिका–३१ मिलन चौकबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित मकवानपुर राक्सिराङ गाउँपालिका–१ रायसी बस्ने ३४ वर्षीय सिमन चेपाङ समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जितपुरबाट बिरुवागुठीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ह ९७५ नम्बरको अटो प्रहरी चौकी मिलनचौकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटो चालक समेत अटोमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया