कैलाली, ११ असोज । गोदावरी नगरपालिका–४ गोदावरी धाम नजिकै सडकमा ग.१ ज ६८५५ नम्बरको जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
सोही नगरपालिका–१ भरतपुर बस्ने ४५ वर्षीय सेकुराम चौधरीको सोमबार बिहान मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया