नेपालगन्ज, ११ असोज । नेपालगञ्ज उपमहानगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो ।
नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर २२ का वडा अध्यक्ष अब्दुल गफ्फार हलवाईसमक्ष खुसी प्रकट गर्दै वडावासीले नेपालगञ्ज उपमहानगरपालिकालाई धन्यवाद दिएका छन् ।
सामाजिक सुरक्षा भत्ता बुझ्न पुगेका स्थानीय घर छेउबाटै सेवा पाएपछि खुसीले गद्गद भएका छन् । उनीहरूको मुहारमा मुस्कान भरिएको देखिन्थ्यो ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यको अवलोकन गर्न वडा नम्बर २२ को कार्यालयमा पुगेका नगर प्रमुख विष्टले ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई बैङ्कमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको बताए ।
तपाईको प्रतिक्रिया