काठमाडौं, १२ असोज । आसन्न मंसिर ४ को प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनावका लागि नेपाली कांग्रेसले मधेश प्रदेशका समानुपातिक उम्मेद्वार टुंगो लगाएको छ ।
कांग्रेसले शेरबहादुर योञ्जन, रामकुमारी गोले, मीनाकुमारी लामा, सुरेन्द्र न्यौपाने, शर्मिला थापा, रविन्द्रप्रसाद पनुहर, सुमित्रादेवी थरुनी, रामसुन्दर महरा, शम्भु पासवान, उमेश पासवान, सकुन्तीदेवी पासवान, शान्ति सदा र निभाकुमारी राम समानुपातिक उम्मेद्वार बनाएको हो ।
यसैगरी, कुमारकान्त झा, चन्दशेखर कुमार यादव, रमेश पाण्डे, बिसुन साह, सुनिलकुमार झा, मिथिलेशकुमार मिश्र, बद्री महातम यादव, शोभीलालप्रसाद मण्डल, बासुलाल महतो, जादोलालप्रसाद कलवार, ललनकुमार सिन्हा, जयप्रकाश मल्लिक, अञ्जना पण्डित, रीता यादव, ईन्दुकारी शाह र रेखा यादव रहेका छन् ।
यस्तै, सतीदेवी साह, सुनितादेवी चौहान, सारदादेवी सराफ, निलम यादव, कविता यादव, शान्ति देवी, जशोदाकुमारी देवी, ईन्दु यादव, मोख्तार अहमत, शेष तबारक, नरुन नेसा, शमा अख्ती, मोसिमा बेगमलाई मधेश प्रदेशबाट समानुपातिक उम्मेद्वार भएका छन् ।
तपाईको प्रतिक्रिया