रूपन्देही, २० असोज । रोहीणी गाउँपालिका–३ धकधईस्थित सडकमा लु.१ ज २८५३ नम्बरको कारले लु.४१ प ९८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
बुधबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार बुटबल उपमहानगरपालिका–११ देवीनगर बस्ने २१ वर्षीया झरना चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया