माधव नेपालको पार्टीबाट प्रत्यक्ष उम्मेद्वारमा मधेशी अटाएन

समाचार

काठमाडौं, २३ असोज । पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारको सूचिमा एक जना मधेशी परेका छैनन् ।

पाँच दलीय गठबन्धनमा रहेको नेकपा (एस)ले १९ वटा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि १९ सिट पाएको छ । जसमा एक जना पनि मधेशी परेनन् ।

नेकपा (एस)ले तय गरेको उम्मेद्वारहरुमा रौतहट १ बाट माधवकुमार नेपाल, इलाम १ बाट झलनाथ खनाल, उदयपुर २ बाट जगन्नाथ खतिवडा, बारा ४ बाट कृष्णकुमार श्रेष्ठ, काठमाडौं ८ बाट जीवनराम श्रेष्ठ, ललितपुर २ बाट कृष्णलाल महर्जन, धादिङ १ बाट राजेन्द्र प्रसाद पाण्डे, मकवानपुर १ बाट विरोध खतिवडा, कास्की २ बाट श्रीनाथ बराल र गुल्मी २ बाट रामकुमारी झाँक्री रहेका छन् ।

यसैगरी, पाल्पा २ बाट सोमप्रसाद पाण्डे, रुपन्देही २ बाट राजु गुरुङ, दाङ १ बाट मेटमणि चौधरी, सल्याणबाट प्रकाश बुढाथोकी ज्वाला, डोल्पाबाट धनबहादुर बुढामगर, दैलेख १ बाट अम्बरबहादुर थापा, अछाम १ बाट शेरबहादुर कुँवर, बझाङबाट भानुभक्त जोशी र डोटीबाट प्रेमबहादुर आले उम्मेद्वार रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ