खोलामा डुबेर बालिकाको मृत्यु

समाचार

रौतहट, २४ असोज । धनकैल गाउँपालिका–४ महिनाथपुर टोल बस्ने लडाई यादवको ४ वर्षीया छोरी काजल कुमारी यादवको मृत्यु भएको छ ।

बृन्दावन नगरपालिका–४ भवानीस्थित चाँन्दी खोलामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै मामा बृन्दावन नगरपालिका–४ भवानी टोल बस्ने राजेश यादवको घरमा बस्दै आएकी उनको उक्त खोलामा डुबेर मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ