बाँके, २६ असोज । बैजनाथ गाउँपालिका–१ चिसापानीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित दुई पक्राउ परेका छन् ।
३ सय २० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष शाही र २२ वर्षीय पदम बुढा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया