रुपन्देही, २६ असोज । सिद्धार्थनगर नगरपालिका–४ उद्योगपुरीस्थित सडकमा लु.५५ प.४७५९ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक सिद्धार्थनगर नगरपालिकास्थित पौवा होटलमा काम गर्ने गुल्मी हस्तिचौर गाउँपालिका घर भएका २३ वर्षीय सन्तोष खत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया