गोयललाई नागरिक अभिनन्दन गरिने

समाचार

विराटनगर, २७ असोज । समाजसेवी एवं उद्योगपति दिनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिने भएको छ ।

लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहेका गोयललाई शुक्रवार विराटनगरमा नागरिक अभिनन्दन गर्न लागिएको हो ।

नागरिक अभिनन्दन समारोह समितिले विराटनगर आज पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो ।

पूर्व राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यतामा तथा पशुपतिनाथ मन्दिरका मुल भट्टको विशेष आतिथ्यतामा समाजसेवी गोयललाई अभिनन्दन गर्न लागिएको समितिका अध्यक्ष सरेशकुमार शर्माले बताए ।

समाजसेवी गोयललााई विराटनगरका विभिन्न संघ संस्थालगायत देश विदेशका गरि डेढ सय सङ्घसंस्थाले नागरिक अभिनन्दन तथा सम्मान गर्न लागेको शर्माको भनाई छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ