कैलाली, २७ असोज । नागरिक उन्मुक्ति पार्टीका दुई प्रतिनिधिसभा सदस्य उम्मेदवारको उम्मेदवारी खारेज भएको छ ।
टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका रेशम चौधरी र फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी खारेज भएको हो । चौधरीले बर्दिया–२ मा र थारुले कैलाली–५ मा उम्मेदवारी दिएका थिए ।
७ भदौ २०७२ मा सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा हिंसात्मक झडप भएको थियो ।
यो घटनामा संलग्नताको अभियोग लागेका चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैद र थारुलाई ३ वर्ष कैदको सजाय सुनाएको थियो । तर उच्च अदालत डोटीले चौधरी र थारु दुबैलाई जन्मकैदको सजाय सुनाएको थियो ।
तपाईको प्रतिक्रिया