जनकपुरधाम, २८ असोज । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले नेपाली कांग्रेसका तीन जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र प्रसाद सिंहलाई पदमुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरी सिफारिस गरेबमोजिम प्रदेश प्रमुखले उक्त मन्त्रालयहरुको कार्यभार मुख्यमन्त्री राउतले सम्हाल्ने गरी तोकेका छन् ।
तपाईको प्रतिक्रिया