फर्निचरमा आगलागी हुँदा ४५ लाखको क्षति

समाचार

मोरङ, २८ असोज । विराटनगर महानगरपालिका–९ कलेज रोडस्थित सोही महानगरपालिका–१२ बस्ने सचिन साह र मनिष राजबंशीले संयुक्त रुपमा संचालन गरेको माता धनबत्ती फर्निचर उद्योगमा आगलागी भएको छ ।

विद्युतको तार सर्ट भई बिहीबार राति आगलागी हुँदा करिब ४५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

साथै आगलागीले उद्योगसँगै रहेको हंश राज जैनको घरको पर्खाल समेतमा सामान्य क्षति भएको छ ।

६ वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ