काठमाडौं, २८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं मधेश प्रदेशकी निवर्तमान प्रदेशसभा सदस्य सुरिता कुमारी साहलाई निष्काशन गरिएको छ ।
लोसपा अध्यक्ष महन्थ ठाकुरले शुक्रबार एक विज्ञप्ति जारी गरी साहलाई पार्टीको सम्पूर्ण पद तथा जिम्मेवारीबाट हटाइएको जनाएका छन् ।
महोत्तरी क्षेत्र नं. २ (ख) बाट पार्टीको सहमतिविपरीत स्वतन्त्र भई बागी उम्मेद्वारी दिएकोले साहलाई पार्टीबाट निष्काशित गरिएको हो ।
तपाईको प्रतिक्रिया