करेन्ट लागेर मृत्यु

समाचार

मोरङ, ३० असोज । कटहरी गाउँपालिका–४ बस्ने ५२ वर्षीय दिलिप साहको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

सोही गाउँपालिका–३ स्थित दुर्गा मन्दिरमा लगाएको टेण्ट र बिजुलीको तार खोल्ने क्रममा ११ हजार भोल्टेजको तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै करेन्ट लागेर घाइते भएका सुनसरी इनरुवा नगरपालिका–७ बस्ने ४५ वर्षीय फागु सरदारको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ