बारा, ३१ असोज । सिमरामा जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित वडाअध्यक्षहरुलाई भूमिका र जिम्मेवारी सम्बन्धी तालिम सुरु भएको छ । सो तालिममा २४ वटै वडाका वडाअध्यक्षहरुको सहभागिता रहेको छ ।
वडा अध्यक्षहरूको काम ,कर्तव्य र अधिकारको विषयमा तालिममा प्रशिक्षण भइरहेको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले जनाएको छ ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत मधेश प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र ,जनकपुरधामले तालिम प्रदान गरिरहेको छ ।
तालिमको औपचारिक कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोख्रेल, बारा प्रहरी उपरिक्षक होबिन्द्र प्रसाद बोगटी लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया