नेपाल पुलिसलाई हराउँदै मधेश प्रदेशले जित्यो पहिलो स्वर्ण पदक

समाचार

पोखरा, ३१ असोज । नवौं राष्ट्रिय खेलकुदमा तेक्वान्दो खेलतर्फ मधेश प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ । गण्डकी प्रदेशको पोखरामा नवौं राष्ट्रिय खेलकुद भइरहेको छ ।

सो खेलकुदमा पर्साका महमद सोहेब अख्तरले तेक्वान्दो खेलमा स्वर्ण पदक जितेका हुन् । ५८ केजी तौल समूहको फाइनल भिडन्तमा नेपाल पुलिसका खेलाडीलाई पराजित गर्दै अख्तरले स्वर्ण जितेका हुन् ।

अख्तरले पुलिसका सुवासचन्द्र बोहरालाई पराजित गरेका हुन् । यसैगरी पर्साले ५४ केजी तौल समूहमा रजत पदक पनि हात पारेको छ । रजत जित्नेमा अफताफ आमल रहेका छन् ।

उनले फाइनल भिडन्तमा नेपाल पुलिसका सुमित बिस्टसँग पराजित भएका थिए । विजेता र उपविजेता खेलाडीलाई ओलम्पियन दीपक विष्टले पदक वितरण गरेका थिए । नवौं राष्ट्रिय खेलकुदमा मधेस प्रदेशबाट २० जना तेक्वान्दो खेलाडी सहभागी भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ