बिचौलियाहरुको हातमा गणतन्त्र र राजनीति : त्रिपाठी

समाचार

रबिन्द्र यादव, नवलपरासी पश्चिम, १ कार्तिक । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले बिचौलियाहरुको हात गणतन्त्र र राजनीति रहेको बताएका छन् ।

अखिल नेपाल महिला संघ संघीय क्षेत्र नं १ अन्तर्गत नवलपरासी पश्चिमको विस्तारित बैठकमा अध्यक्ष त्रिपाठीले सो कुरा बताएका हुन् ।

संघका जिल्ला अध्यक्ष राधा ढकालको अध्यक्षता त्रिपाठीको प्रमुख आतिथ्यतामा बसेको विस्तारित बैठकलाई सम्बोधन गर्दै महिला अधिकार, सशक्तिकरण र समान अवसरका लागि अझै आवाज उठाउनुपर्नेमा जोड दिइएको थियोे ।

गणतन्त्र र राजनीति बिचौलियाहरुको हातमा बढ्दो क्रममा रहेकोमा दुख व्यक्त गर्दै त्रिपाठीले प्राप्त गरिएको उपलब्धिलाई बचाउन र यसलाई चुनौती दिनलाई आफ्नो उम्मेदवारी रहेको बताए ।

उनले अगाडि भने, भुकम्पको बेला विदेशबाट प्राप्त अनुदान अरबपति विनोद चौधरीले दश हजार घर बनाउन प्रतिबद्धता गरेपनि चार हजार घर मात्र बनाए र जसमध्ये १८ सय घर अहिले पनि जीर्ण अवस्थामा रहेको भन्दै बाकी पैसा बंगलादेशको ढाका स्थित होटेलमा लगानी गरेको आरोप लगाए ।

बैठकलाई नेकपा एमाले कि संविधान सभा सदस्य सिन्धु जलेसा बुढाथोकी,क्षेत्र नं १ (क) प्रदेशसभा सदस्य उम्मेदवार पुण्य प्रसाद पौडेल , क्षेत्र नं १ (ख) उम्मेदवार दिपकराज शर्मा भट्ट, समानुपातिक उम्मेदवार सरिता खनाल, खिमलाल पोखरेल , डोलराज भण्डारी, धिरज शर्मा बस्याल , जनता प्रगतिशील पार्टी जिल्ला संयोजक राधेरमण पाण्डे , माया देवि पौडेल लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रमको सहजीकरण यमकुमारी सुवेदीले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ