विकास र परिवर्तनको एजेण्डा लिएर चुनावी मैदानमा आएको हुँ : शाह

समाचार

कपिलवस्तु, २ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता एवं कपिलवस्तु–२ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार अकवाल अहमद शाहले परिर्वनका लागि आफु निर्वाचनमा होमिएको बताएका छन् ।

तौलिहवामा आयोजित पत्रकार सम्मेलनमा शाहले दशकौंसम्म पनि यस क्षेत्रका सांसदले विकास गर्न नसकेकोले बताउँदै विकास र परिवर्तनको एजेण्डा लिएर आफु चुनावी मैदानमा आएको बताएका हुन् ।

दुई पटकसम्म सविधान सभाको सदस्य भइ काम गरेको र आफू कृषि तथा सहकारी विकासमन्त्री भई काम गरेको अनुभव सुनाउँदै समग्र कपिलवस्तुको विकास र नीति नियमका लागि आफूलाई जनताले जिताउने विश्वास समेत व्यक्त गरे ।

रोजगारी र शिक्षामा परिर्वतन गर्ने उद्देश्य साथ आफ्नो एजेण्डा रहेको शाहले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ