स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

समाचार

धनुषा, २ कार्तिक । सबैला नगरपालिका–१२ रघुनाथपुर नहरस्थित चोकबाट स्रोत नखुलेको २० लाख रूपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

सुनसरी जिल्ला ईनरूवा नगरपालिका–२ बस्ने २७ वर्षीय बजरंग प्रसाद गुप्ता समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले प्र.१–०२–०४६ प ५६३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ