कृषिमन्त्री हुँदा क्षेत्रमा गरेको कामलाई देखेर मतदाताले आफ्नो मतको सदुपयोग गर्ने छन् : पूर्वमन्त्री शाह

समाचार

इमरान खान, कपिलवस्तु, ४ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं कपिलवस्तु क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार पूर्वमन्त्री अकवाल अहमद शाहले मतदाताले आफू जिताउने दाबी गरेका छन् ।

शाहले कपिलवस्तुको तौलिहवा लगायत क्षेत्र नम्बर २ का विभिन्न स्थानमा कार्यकर्ता तथा मतदातासँग भेटघाट गरिरहेका छन् ।

भेटघाटका क्रममा उम्मेद्वार शाहले मतदाताको भोटको सदैव कदर गर्ने प्रतिवद्धता व्यक्त गर्दै पहिचान संघीयता र लोकतान्त्रिक समाजवादका लागि लोसपालाई जिताउनु पर्ने बताए ।

शाहले आफू २५ दिनका लागि कृषि मन्त्री भए पनि यस क्षेत्रमा गरेको कामलाई देखेर मतदाताले आफ्नो मतको सदुपयोग गर्ने दाबी गरेका हुन् ।

उनले कपिलवस्तु जिल्लाको पहिचान सहित विकासलाई निरन्तरता दिने बताउँदै स्थानीयको आवश्यकता र मागलाई आफूले नजिकैबाट अनुभव गरेको बताए ।

उम्मेदवार शाहले निर्वाचनका बेला मात्र आफु जनता समक्ष नआउने भन्दै जनताको हरेक सुख दुःखमा आफू सदैव साथ रहेको बताए ।

पूर्वमन्त्री एवं उम्मेदवार अकबल अहमद शाहका अनुसार मलाई आफुले गरेका कामको प्रचार प्रसार गर्न मन लाग्दैन तर मलाई यस क्षेत्रका जनताले राम्रोसँग चिनेकाले र मैले गरेको कामको मुल्यांकन गरी आफ्नो मतको सहि सदुपयोग गर्नेमा आफू ढुक्क भएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ