कैलाली, ५ कार्तिक । धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट अवैध लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
ब्राउनसुगर ७ मिलिग्राम र गाँजा ३ ग्राम ६ सय ३० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका–१२ शान्तीटोल बस्ने २२ वर्षीय अर्जुन बिक भन्ने कृष्ण बिकलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट धनगढीबाट खटिएको प्रहरीले ना.७ ख ६०४८ नम्बर बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी सोही बसका सहचालक अर्जुनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया