करेन्ट लागेर मृत्यु

समाचार

रुपन्देही, ५ कार्तिक । देवदह नगरपालिका–४ भनानिपुर बस्ने ढम बहादुर रुचालको छोरा ११ वर्षीय दिपेश रुचालको करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै घरदेखि करिब ८ सय मिटर टाढा खोलामा उनकै बुबासँग करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ