आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

समाचार

मोरङ, ५ कार्तिक । उर्लाबारी नगरपालिका–८ मेरी टोल बस्ने हिना आचार्यको घरमा बिद्युत सर्ट भई आगलागी हुदाँ लाखौंको धनमाल जलेर नष्ट भएका छन् ।

आगलागीबाट घर, दराज, टेबल, लत्ताकपडा, खाद्यन्न लगायतका सामान जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरीले दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ