ब्राउनसुगरसहित दुई जना पक्राउ

समाचार

बाँके, ६ कार्तिक । राप्तीसोनारी गाउँपालिका–९ ढकेरीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १४ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार राति पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगपालिका–१५ रतनपुर बस्ने २७ वर्षीय भरत चौधरी र तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुर घर भएका २८ वर्षीय किरण तिवारी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुर र अस्थायी प्रहरी बिट ढकेरीबाट खटिएको प्रहरीले रा.१ ब ८९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवारी उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ