रुपन्देहीमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु

समाचार

रुपन्देही, ६ कार्तिक । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

ओमसतिया गाउँपालिका–५ दरखसवास्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरले लु.११ प १२८४ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक रोहिणी गाउँपालिका–६ बिसनपुरा बस्ने २९ वर्षीय महेश यादवको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकलाई प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी सैनामैना नगरपालिका–५ बुद्धनगरमा बा.७ च ५७३३ नम्बरको कारले लु.४२ प ४४७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुटवल उपमहानगरपालिका–११ बस्ने ४६ वर्षीय अमित घर्ति मगरको मृत्यु भएको छ ।

दुर्गटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ