ब्राउनसुगरसहित दुई जना पक्राउ

समाचार

कपिलवस्तु, ७ कार्तिक । मायादेवी गाउँपलिका–३ बहरवसियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।

३ ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा वाणगंगा नगरपालिका–८ ढोडेकोल बस्ने २७ वर्षीय प्रभु थारु र सोही नगरपालिका–७ मोतिपुर बस्ने २९ वर्षीय अर्जुन थारु रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले दोहनीबाट पचेहरातर्फ जाँदै गरेको लु.१७ प.५७२८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक अर्जुन र मोटरसाइकलमा सवार प्रभुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ