ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

समाचार

चितवन, ७ कार्तिक । इच्छाकामना गाउँपालिका–४ रमाइलोडांडास्थित सडकमा ना.७ ख ९२३१ नम्बरको ट्रकमा ना.४७ प ९११६ नम्बरको मोटरसाइकल सोमबार बिहान ठोक्किएर दुर्घटना हुदाँ मोटरसाइकल चालक सर्लाही बाग्मती नगरपालिका–१० घर भएका २५ वर्षीय सुनिल महत्तोको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भतरपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  ट्रक चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ