मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु

समाचार

रूपन्देही, ८ कार्तिक । सैनामैना नगरपालिका–५ बुद्धनगरमा लु.४९ प ४८६४ नम्बरको मोटरसाइकल र लु.५७ प १८३७ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बुटवल उपमहानगरपालिका–११ बस्ने २४ वर्षीय मोहन मगरको मृत्यु भएको हो ।

दुर्घटनमा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका स्कटुरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ