गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

समाचार

रुपन्देही, ९ कार्तिक । सैनामैना नगरपालिका–१ बनकट्टामा लु.२ च १५१३ नम्बरको गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–११ देबीनगर बस्ने ४२ वर्षीय धन बहादुर बिकको मंगलबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ