बसबाट खसेर सहचालकको मृत्यु

समाचार

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका–१ उमरीमा ना.६ ख ४७०४ नम्बरको बसबाट खसेर सोही बसका सहचालकको मृत्यु भएको छ ।

हाल वतन नखुलेका करिब ४२ वर्षीय सुधिर न्यौपानेको मंगलबार बिहान मृत्यु भएको छ ।

यात्रु चढाई बसमा चढ्ने क्रममा ढोकाबाट खसेर टायरले किच्दा गम्भीर घाइते भएका उनको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ