मोरङ, ९ कार्तिक । कानेपोखरी गाउँपालिका–६ स्थित ग्रामिण सुधार सामुदायिक बनमा प्रदेश १–०२–००३ त १५८७ नम्बरको ट्रयाक्टर खोल्सामा खस्दा चालकको मृत्यु भएको छ ।
मंगलबार बिहान दुर्घटना हुँदा ट्रयाक्टर चालक कानेपोखरी गाउँपालिका–४ बस्ने ५० वर्षीय ज्ञान बहादुर लुङ्गेली मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया